• फाल्गुन २८ २०८२, बिहीबार

मेलम्चीको पानी छिट्टै काठमाडौंबासीलाई खुवाउनेछौं : खानेपानी मन्त्री चौधरी

पुष ३ २०७८, शनिबार

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी छिट्टै काठमाडौँबासीलाई खुवाउने दाबी गरेका छन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा मेलम्चीको मुहान तत्कालका लागि अस्थायी रुपमा मर्मत गरेर भए पनि आफ्नो कार्यकालमा काठमाडौँबासीलाई मेलम्चीको खानेपानी खुवाउने दाबी गरे ।

बाढीपहिरोको कारणले बन्द मेलम्ची आयोजना बन्द हुनु दुःखद् भएको भन्दै उनले स्थायी नभए पनि अस्थायी रुपले समस्याको समधान गर्ने उल्लेख गरे । मन्त्री चौधरीले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकको रूपमा व्यवस्था गरेको बताए। कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।