काठमाडौं । प्रदेश २ को अधिवेशन पुष ६ र ७ गते हुने भएको छ ।
प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम चयन भएको छ ।
शेखर कोइराला समूहबाट भने रञ्जित कर्ण चुनावी मैदानमा उत्रिने छन । प्रदेश अधिवेशन जनकपुरधाममा हुने कांग्रेसले जनाएको छ ।