काठमाडौं । बेलायतको राजधानी सहर लण्डनमा बस्ने एक नायिका एबीले आफू एलियनसँग डेटिङमा रहेको र उक्त डेटिङलाई निरन्तरता दिने आशा गरिरहेको कुरा सार्वजनिक गर्न पुगेकी छिन् । उनको यो अभिव्यक्तिले मानिसमा फेरि पनि कौतुुहलता निम्त्याएको छ ।
एलियन भनेका अर्को ग्रहका मानिस हुन् भन्ने ठानिन्छ । उनीहरु हाम्रा लागि अपरिचित हुन्, पाहुना हुन् वा अनजानका जीव १ पृथ्वीका वैज्ञानिकहरु पनि अपरिचित र अर्को ग्रहका मानिस हुन सक्ने भन्ने कल्पनामा एलियनको संज्ञा दिन पुगेका छन् ।
तर नायिकाले एबीले एलियनसँग डेटिङ गरिरहेको अनौठो दाबी गरेपछि उनका कुुरा सबैका लागि अनौठो विषय बनिरहेको छ । अभिनेत्री एबी भन्ने गर्दछिन्– ‘एलियनले घरको बेडरुमबाटै उनलाई उठाएर युएफओमा बसालेर अर्कै संसारमा लगेका थिए ।’ त्यो संसार पृथ्वीभन्दा निकै राम्रो र महिलामैत्री भएको उनको दाबी छ ।
उनको दाबीअनुसार आफूलाई राखेर लगिएको युएफओमा पाँचजना एलियन रहेका थिए । ती पाँचजनामध्ये एउटासँग उनको गहिरो प्रेमसम्बन्ध रहेको उनको ठोकुवा छ । अहिले उनी त्यही एलियनको पुनरागमनको प्रतिक्षामा छिन् ।
नायिका एबीका अनुसार एलियन हामीले सोचेजस्तो हानी पुर्याउने खालका हुँदैनन् । उनीहरु पृथ्वीका मानिसभन्दा असल र अर्काको भावना राम्रोसँग बुझ्ने खालका हुन्छन् ।
नायिका एबी भन्छिन्– उनको प्रेमी एलियन एन्ड्रोमेडा आकाश गंगामा बस्दछन् । उनै प्रेमी एबीलाई दोस्रो पटक भेट्न कुनै दिन बेलायत झर्दै छन् । आफू पृथ्वीका मानिसको व्यवहारसँग दिक्क भएका बेला उक्त एलियन प्रेमीले आफ्नो जीवनमा भिन्न उत्साह र रङ भरिदिएको उनको दाबी छ ।
पहिले उनले सपनामा एलियनलाई देखिन् । एकदिनको कुरा हो, सपनाकै बेला उक्त एलियनले उनलाई झ्यालमा बसेर प्रतिक्षा गर्न भन्यो । सल्लाह अनुसार उनी बेलुकीपख झ्यालको नजिकै उभिएर एलियनको प्रतिक्षामा रहिन् । केही क्षणपछि युएफओमा चढेर एलियन आए र उनलाई लिएर गए ।
सुरुमा निकै डराएकी उनी एउटा एलियनले मैत्रीपूर्ण साथ दिएपछि सम्हालिन थालिन । उनै एलियन उनका प्रेमीमा बदलिए । युएफ्ओ विमान यति छिटो उड्दथ्यो कि उनी २० मिनेटभित्रै आकाश माथिमाथिसम्म पुगेर आफ्नो घरमा फर्किइन् ।
उनी प्रेमी एन्ड्रोमेडाको आकाश गंगाभित्र रहेको ग्रहमा जान चाहे पनि प्रेमीले समय दिन सकेनन् । उनलाई आफ्नो प्रेमीका साथीहरू कस्ता छन् भनेर हेर्न कुत्कती लागिरहेको छ । उनको आशा छ, दोस्रो पटकको डेटिङसँगै उनी उनका प्रेमीको घरसम्म पुग्ने छिन् ।
(एजेन्सीको सहयोगमा)