काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा पहिलो १६५ मत गन्दा सबैभन्दा धेरै मत डा. शशांक कोइरालाले पाएका छन् । उनले ५९ मत पाएका छन् ।
दोस्रो स्थानमा अर्जुन नरसिंह केसीले ४८, रामशरण महत, बालकृष्ण खाँण, शंकर भण्डारी र एनपी साउदले ४६, रामहरि खतिवडाले ४५, रमेश लेखकले ४३, ज्ञानेन्द्रबहादुर कार्कीले ४२ र उदयशम्शेर राणाले ४१ मत पाएका छन् । कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेसको हालसम्म पदाधिकारी र मधेसीतर्फको केन्द्रीय सदस्यको मात्र नतिजा आएको छ । खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार साँझसम्म सक्ने निर्वाचन समितिको तयारी छ ।