• बैशाख १० २०८२, बुधबार

सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

पुष २ २०७८, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

शुक्रबार सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा प्रधानमन्त्री देउवाले अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका राजनीतिक दलसँग सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसीसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने तयारीमा प्रधानमन्त्री रहेका छन् ।