• बैशाख १० २०८२, बुधबार

चार क्रिकेट खेलाडीले क्यानलाई भने- ‘ हामीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्’

पुष २ २०७८, शुक्रबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका चार क्रिकेटरले आफूमाथिको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले क्यानलाई अभिभावकीय भूमिका खेल्न र कारबाही गरिएको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । संयुक्त विज्ञप्तिमा भनिएको छ,’ हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’

क्यानका कतिपय पदाधिकारीहरुले आफूहरुलाई कम्की र लान्जछना लगाउने गरेको पनि उनीहरुले बताएका छन् । साथै, सबै इच्छा, सपना क्रिकेटमै लगाउनेहरुलाई यसरी कारबाही गरिन्छ भने नयाँ पुस्ता यसतर्फ कसरी आकर्षित हुन्छन् भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।