काठमाडौं । नेपाली काँग्रेसको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए । शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे निर्वाचित भएका हुन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका जीवन बहादुर शाहीलाई पराजित गरेका हुन्।
पाण्डेले २४११ मत ल्याएर विजयी हुँदा शाहीले २१३३ मत प्राप्त गरेका छन् । शाही पाण्डेसँग २७८ मतान्तरले पराजित भएका हुन्।