काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत खस-आर्यतर्फको सहमहामन्त्रीमा उठेका किशोरसिंह राठौर निर्वाचित भएका छन्।
शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार सभापति शेरबहादुर देउवा समूहका राठौरले शेखर कोइराला समूहका देवराज चालिसेलाई पराजित गरेका हुन् । राठौर २५७६ मत प्राप्त गरेका छन् भने चालिसेले २०५९ मत मात्र प्राप्त गरे ।