काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा पुस ४ गते आइतबार सार्वजनिक विदा दिएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) का अवसरमा सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।