काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान बालुवाटारमा भेट भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै संसदको जारी गतिरोध अन्त्य र सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। सर्बदलीय बैठक बोलाउने विषयमा छलफल भए पनि मिति भने टुङ्गो लागेको छैन ।
भेटका क्रममा प्रचण्डले क्रिकेट खेलाडीमाथि भएको कारबाहीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।