• बैशाख १० २०८२, बुधबार

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

पुष २ २०७८, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । सभापतिमा निर्वाचित भएका देउवालाई आज बिहान भेटेर उनले सफल कार्यकालको शुभकामना दिएको बताइएको छ। देउवा सभापतिमा निर्वाचित भए लगत्तै टेलिफोन मार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन् ।

भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको वालुवाटार स्रोतले जनाएको छ।