• बैशाख १० २०८२, बुधबार

यो व्यक्ति र गुटको जित होइन, कांग्रेस रूपान्तरणकाे सुरुवात हाे : शर्मा

पुष १ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको १४ औँ महाधिवेसनबाट महामन्त्रीमा विजयी भएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको बताएका छन् । सानेपामा पत्रकारसँग कुरा गर्दै शर्माले आफ्नो जित नेपाली कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने यात्राको सुरुवात भएको बताए ।

शर्माले भने, याे एउटा व्यक्तिकाे विजय पनि हाेइन, गुटकाे विजय पनि हाेइन । याे सिङ्गाे नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित गर्ने, नयाँ बिहानी सुरुवात गराउने यात्राकाे प्रारम्भ हाे ।

फरक–फरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उनको भनाइ छ ।उनले सुन्दरीजलको माटो छोएर उम्मेदवारी घोषणा गरेको र त्यही माटोको टिका लगाएर आगामी जिम्मेवारी लिने बताए ।