काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएपछि डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्।
रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हन्। रिजालले प्रारम्भिक मत परिणाम आएलगतै नैतिकताका आधारमा रक्षामन्त्रीबाट राजीनामाको घोषणा गरेका थिए।
प्रधानमन्त्री देउवाले रिजाललाई असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । उनी नेपाली कांग्रेसको महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री पदमा चुनाव लडेका थिए।