• असार १३ २०८१, बुधबार

यी सवारी साधनहलाई बाटो नदिंदा मानिसको ज्यानै जानसक्छ

पुष १ २०७८, बिहीबार

समाज तथा परिवारमा आइपर्ने कुनै पनि उपचार वा समाधानको लागि प्रयोग गरिने सवारी साधनहरु जस्तै : एम्बुलेन्स र दमकलहरुलाई आवतजावत गर्न पहिलो प्राथमिकता दिनुपर्छ । यस्ता साधनहरुमा क्रमशः दमकल, एम्बुलेन्स, प्रहरीको सवारी, विशिष्ट व्यक्तिको सवारी र शव वहान आदि पर्दछन् ।

दमकल :

कहिँ आगलागी भएमा आगो फैलन नदिनको लागि सडकमा दमकललाई पहिलो प्राथमिकता दिनुपर्छ । यस्तो नगरी बाटोमा चक्का जाम भएमा धेरैलाई धेरै भन्दा धेरै हानी नोक्सानी पुग्न सक्छ ।

एम्बुलेन्स :

बिरामी लिएर साइरन बजाउँदै हिंड्ने सवारी साधनले सडक प्रयोग गर्ने दोस्रो प्राथमिकता पाउँछ । अस्पताल लैजान ढिला भएमा वा तुरुन्त उपचार नगरेमा बिरामीको ज्यानै जानसक्ने सम्भावना हुन्छ । यस्तो अवस्था आउन नदिनका लागि विरामी बोकेका गाडिलाई बाटो दिनु पर्दछ ।

प्रहरीको सवारी :

ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुको सवारी साधनले पनि सडक प्रयोग गर्नमा प्राथमिकता पाउनुपर्छ । शान्ति सुरक्षाको क्रममा आवतजावत गर्ने प्रहरीको सवारी निकै महत्वपूर्ण हुन्छ । उनीहरुका गाडिहरु ठाउँमा पुग्न ढिला भयो भने एकातिर अपराधी उम्कन सक्छ भने अर्कोतिर नघट्ने अपराध पनि घट्न सक्छ । त्यसैकारण यो सवारी तेस्रो प्राथमिकतामा पर्छ किनभने प्रहरी पुग्न ढिला भएमा धेरैलाई नकारात्मक असर पर्न सक्छ ।

विशिष्ट व्यक्तिको सवारी :

विशिष्ट व्यक्तिहरु बढी खतराको घेराभित्र पर्ने हुनाले उनीहरुलाई सुरक्षाको बढी आवश्यकता पर्दछ । झन् विदेशी पाहुनाहरुको सुरक्षासँग त देशकै अस्तित्व गाँसिएको हुन्छ । कुनै राजनैतिक वा दलको भावनाले उनीहरुको सुरक्षामा आँच आयो भने देशकै बेइज्जत हुने हुन्छ । त्यसैकारणले विशिष्ट व्यक्तिहरुका सवारीले बढी प्राथमिकता पाउनु पर्दछ ।

शव वाहन :

विभिन्न कारणले मरेका मानिसहरुको लास बोकेर लैजाने सवारी साधन माथि उल्लेखित सवारी साधन भन्दा कम महत्वपूर्णका हुन्छन् । किनभने मरिसकेको मानिसको लासलाई केही बेरपछि दाहसंस्कार गरे पनि केही फरक पर्दैन तर सामान्य सवारी भन्दा यसले पहिलो प्राथमिकता पाउँछ ।