काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। ४१९० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा कायमै छन्। थापाले २७०९ मतसहित अग्रता कायम राख्दा शर्मा १७३६ मतसहित दोस्रो स्थानमा छन्।
यसैगरी प्रकाशशरण महत १३८६, प्रदीप पौडेल १२४२, मीनेन्द्र रिजाल ७२२ र राजाराम कार्कीले ९३ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।