• मंसिर १३ २०८१, बिहीबार

जर्मन सरकारद्वारा नेपाललाई करिब साढे ४१ लाख खोप हस्तान्तरण

पुष १ २०७८, बिहीबार

काठमाडौं। जर्मन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको मोडर्ना र जोन्सनको करिब साढे ४१ डोज खोप हस्तान्तरण गरेको छ ।

बिहीबार नेपालका लागि जर्मनीका राजदूत डा. स्टेफन रुसेकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन्।

मोडर्ना खोप पुस ४ देखि ५७ जिल्लाका १२ देखि १७ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइदैछ । यस्तै जोन्सनको २१ लाख ७६ हजार ६५० डोज खोप भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइनेछ।