• बैशाख १० २०८२, बुधबार

कांग्रेस महामन्त्री मतगणना अपडेट : थापा र शर्मालाई अग्रता

पुष १ २०७८, बिहीबार

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। १५२० मत गन्दा गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रशमः पहिलो र दोस्रो स्थानमा छन्। थापाले ९८५ मतसहित अग्रता कायम राख्दा शर्मा ६०३ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी प्रकाशशरण महत ४९१, प्रदीप पौडेल ४४७, मीनेन्द्र रिजाल २५४ र राजाराम कार्कीले ४७ मत प्राप्त गरेको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

अग्रता लिइरहेका थापा डा. शेखर कोइराला समूहबाट र शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीको उम्मेदवार हुन्।