काठमाडौँ। मनकामना केबुलकार चार दिन बन्द हुने भएको छ। कम्पनीले स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने जनाएको हो।
केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ।
उक्त अवधिभर केबलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ।