काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ७ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।