काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट जनसांस्कृतिक महासंघ अन्तर्गत जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । काठमाडौं (संघीय राजधानी)मा आयोजित उक्त संघको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको जनकलाकार संघले जनाएको छ ।
संघको दोस्रो राष्ट्रिय सम्मेलनले कलाकार धनु ज्ञाङ्मी मगरको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा गेमबहादुर थापा मगर, शान्ति कठायत, कन्काईष्ट राई चयन भएका छन् ।
त्यस्तै महासचिवमा सुकदेव अधिकारी, सचिवमा शारदा घर्ती, वालकृष्ण बलामी मगर, रोशन लामा, कोषाध्यक्षमा ऋषिराम थारु चयन भएका छन् भने बाँकी केही सदस्य पछि मनोनयन हुनेछन् ।
जनसांस्कृतिक महासंघको ७ औँ केन्द्रीय सम्मेलनको तयारी पनि पूरा भैसकेको अध्यक्ष धनु ज्ञाङ्मी मगरले बताएका छन् । अध्यक्ष ज्ञाङ्मी मगरले केन्द्रीय सम्मेलनको सफलताका लागि पार्टीपंक्ति, सम्पूर्ण स्रष्टा, गीत-संगीतकर्मी, जनकलाकार र शुभचिन्तकलगायत सबैलाई अपिल गरेका छन् ।
महासंघको ७ औँ केन्द्रीय सम्मेलन पुस १ र २ गते हुनेछ ।