• बैशाख १० २०८२, बुधबार

मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भयो : शेखर कोइराला

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बनेर पराजित भएका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले आफूहरु पराजित नभई विजयी भएको र आफ्नो राजनीतिक यात्रा आजैबाट नयाँ ढंगले सुरु भएको बताए ।उनले भने, ‘साथीहरु, तपाइहरुले माया दिनुभएको छ । यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्नेछु ।’

निर्वाचन भएपछि हार जित स्वाभाविक भएको भन्दै उनले कसले के गर्‍यो ? किन गर्‍यो भन्ने कुण्ठा नभएको बताए । उनले आफूहरुले लिएको राजनीतिक एजेण्डा स्थापित भएको र युवा पुस्ताका लागि अवसर खोलेको बताए ।