• फाल्गुन २५ २०८२, सोमबार

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । गत बुधबार तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा परी घाइते भएका भारतीय वायु सेनाका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ ।

हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा बुधबार निधन भएको हो ।

डिसेम्बर ८ गते तमिलनाडुको कुनूर नजिकै भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टर दुर्घटना हुँदा चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । उक्त दुर्घटनामा क्याप्टेन सिंह गम्भीर घाइते भएका थिए।