महेश सिंह, २९ मंसिर ।
सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा शिक्षिकाहरुको क्षमता अभिवृद्धि गर्नको लागि तालिमको आयोजना गरिएको छ । उनीहरुका लागि सबल नेपाल र सेभ द चिल्ड्रेन नामक संस्थाले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेका थिए । तालिम सप्तरीको सुरुङ्गा नगरपालिकास्थित र श्री मसिलाल जनता माद्यामिक विद्यालय कुशहाको सभाहलमा संचालन भएको हो ।
तालिममा सहभागिहरुले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सीप हासिल गराउने, तनाव र त्यसको व्यवस्थापन सम्बन्धि ज्ञान दिलाउने अभिप्रायले कक्षा कोठा व्यवस्थापन तथा प्रभावकारी सिकाईका बारेमा पनि जानकारी दिलाउने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सुरुङ्गा नगरपालिकामा सञ्चालनमा रहेका आधारभूत, प्राथमिक र माध्यमिक गरी जम्मा ३१ वटा विद्यालय रहेका छन् । जसमध्ये २५ विद्यालयका महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरिएको हो ।
विद्यालयको महिलाहरुले बाल विकास लगायत कक्षा १ र २ मा अध्यापन गराउने महिला शिक्षकहरुको सहभगिता रहेको थियो ।
तालिममा शिक्षाविद तथा कुशल र सक्षम प्रशिक्षक फनिन्द्र अधिकारी, मनिषप्रसाद राय, लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन् । सबल नेपालको शिक्षा क्षेत्रको प्रोग्राम सुपर भाईजर राधाकुमारी चौधरीले जानकारी दिनु भयो । उक्त तालिम मंसीर २५ गतेदेखि सुरु भएको थियोे भने मंसिर २९ गतेसम्म सम्पन्न हुने आयोजकले जानकारी दिनु भयो ।
कार्यक्रममा २५ जना महिला शिक्षकहरुको सहभागिता रहेका छन् । तालिम अनुगमनका लागि सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकारी हिरालाल राना, शिक्षा अधिकृत धनबहादुर फुलामी, शिक्षा श्रोत ब्यक्ति भोगेन्द्र यादव, सेभद चिल्ड्रेनका शिक्षा वरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला लगायतले अनुगमन गरेका सबल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो ।