काठमाडौँ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने बताइएको छ। कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।