काठमाडौं । माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघको आंगिक संगठन जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सम्मेलनको उद्घाटन गरे । प्रमुख अतिथिको तर्फबाट मन्तव्य राख्दै मन्त्री शर्माले माओवादीले प्रचण्डपथको मार्ग निर्देशन छोडेका कारण सबै जनवर्गीय संगठनहरु ततरबितर भएको स्वीकारे । उनले अब आफ्नो पार्टी नयाँ विचार निर्माण गर्ने अवस्थामा आइपुगेको पनि बताए ।
शर्माले आफूहरु अबको नयाँ राजनीतिको खाका कोर्ने तयारीमा रहेकाले कलाकर्मीहरुले यसमा सहयोग पुर्याउनु पर्ने बताए । सम्मेलनको उद्घाटन सुदूरपश्चिमको हुड्के बाजा बजाएर गरिएको थियो । 
सम्मेलनको सञ्चालन सुवर्ण हमालले गरेका थिए भने अध्यक्षता कर्णबहादुर परियारले गरेको झन्कार बुढामगरले जानकारी दिए ।