• असार १६ २०८१, शनिबार

सूर्यको वायुमण्डलमा पुग्यो नासाको यान

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । अमेरिकी अन्तरीक्ष प्रशासनद्वारा सूर्यको थप खोजीमा पठाएको यान सोलार प्रोव सूर्यको नजिक रहेको कोरोना क्षेत्र वायुमण्डलमा सफलतापूर्वक प्रवेश गरिसकेको छ । सूर्यको बाहिरी सतहमा रहेको यसको वायुमण्डललाई कोरोना भनिन्छ । यो क्षेत्रमा अहिलेसम्म कुनै पनि मानव निर्मित यान वा सेटेलाइट पुग्न सकेका थिएनन् ।

यो खोजले मानव जातिले अहिलेसम्म अन्तरीक्षमा गरेको अन्वेषणमा एक नयाँ अध्यायको सुरुआत गरेको छ । नासाको यान यहाँ अप्रिल महिनामा पुगे पनि यो कुन ठाउँ हो भन्नेमा द्विविधा रहेपछि थप लामो अध्ययन तथा अनुसन्धानपछि मात्र डिसेम्बरमा आएर नासाले यसलाई सार्वजनिक गरेको हो ।

अहिले नासाको पार्कर सोलार प्रोवले सूर्यको बाहिरी सतहमा रहेको कोरोना वायुमण्डलमा फेरो मार्न सुरु गरेको छ । नासाका डाइरेक्टर निकोला फक्स ढुक्कताका साथ गर्जिइरहेका छन्, ‘अन्ततः हामी पुगेरै छाड्यौं ।’

उनको थप जोड छ, ‘मानव जगतले सूर्यलाई छोएरै छाड्यो ।’ अब सूर्य पनि मानवका लागि अछुतो रहेन । यसले हालसम्म सूर्यका बारेमा रहेका कतिपय अनुत्तरित प्रश्नको सिधा जवाफ दिने आशा गरिएको छ । यसका साथै सिंगो सौर्य मण्डलका बारेमा थप नयाँ शिराबाट अध्ययनका लागि यसले निकै ठूलो सहयोग पुर्याउने छ ।

वैज्ञानिकहरुको भनाइमा सूर्यको वायुमण्डलमा पार्कर प्रोव यानको प्रवेश अहिलेसम्मका ठूला अज्ञानताका लागि उज्यालो प्रकाश साबित हुने छ । अमेरिकी समय अनुसार यो वर्षको गत अप्रिल २८ को बिहान ९ बजेर ३३ मिनेट जाँदा पार्कर सूर्यको वायुमण्डल ‘कोरोना’ भित्र प्रवेश गरिसकेको थियो । यो क्षेत्र सूर्यको वायु मण्डल र बाहिरी अन्तरीक्षको संगम स्थलका रुपमा रहेको छ ।

पार्कर प्रोव त्यहाँ पुग्न १ सय ५० बिलियन डलर खर्च हुन आएको छ । सन् २०१८ मा यसलाई सूर्यको वायुमण्डलसम्म पुग्नका लागि प्रक्षेपण गरिएपछिका दिनमा यसले सूर्यलाई टाढाबाट फन्को मारिरहेको थियो । यो अहिले १ हजार ३ सय ७० डिग्री सेल्सियसको तापक्रममा रहेर सूर्यको नजिकैबाट वरिपरि घुमिरहेको छ ।

पार्कर प्रोव अहिले हामीबाट १४ मिलियन किलोमिटर टाढा छ । त्यो भनेको यो यान १४ करोड किलोमिटरको दुरी हो । सूर्यको निकै डरलाग्दो तापक्रममा रहे पनि यो विशेष धातुबाट निर्माण गरिएकाले त्यो तापलाई पचाइरहेको छ ।
(एजेन्सीको सहयोगमा)