• फाल्गुन २८ २०८२, बिहीबार

प्रचण्ड र नेपाल अस्थिरताका संवाहक हुन् : ओली

मंसिर २९ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका संवाहक भएको आरोप लागाएका छन्।

पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले नेपालमा अस्थिरता मच्चाउन खोज्ने नियन्त्रित शक्ति रहेको र त्यसको संवाहक प्रचण्ड र नेपाल भएको आरोप लगाए।

‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन ।’उनले भने।