• मंसिर २० २०८१, बिहीबार

असल टाउको खोजिरहेछु

मंसिर २९ २०७८, बुधबार

जब तपाईंसँग सुरक्षित रहन्छ सहि विचार
जब तपाईंको ठिक रहन्छ वर्ग पक्षधरता
जब तपाईं ठिक गरि गाउनु हुन्छ अन्तराष्ट्रिय गीत
जब तपाईं सडकमा नारा उराल्नु हुन्छ
जब तपाईं पहिचानको स्वर बोल्नुहुन्छ
तब पटकपटक असुरक्षित हुन्छ तपाईंको टाउको ।

टाउको दुई प्रकारको हुन्छ
पहिलो प्रकारको टाउकोमा साह्रै फोहोर जमेको हुन्छ
त्यतिबेला तपाईंलाई लिन आइपुग्छ सिंहदरबारबाट पजेरो
दोस्रो प्रकारको टाउकोमा घुमिरहेका हुन्छन् मुक्तिका सपनाहरू
त्यतिबेला प्रहरी भाई ठोकिरहेको हुन्छ तपाईंको टाउकोमा कटबाँसले ।

त्यसकारण
इतिहासले भन्छ
टाउकोले सहि सोच्नुपर्छ
किन कि टाउको जारशाही पनि थियोे
टाउको कमरेड लेनिनको पनि थियोे
जारशाहीले खराब सोचे
लेनिनले सहि सोचे
यहाँ पनि छन् अनेकौं टाउकाहरु
तर म खोजिरहेछु एक असल टाउको ।