• फाल्गुन २८ २०८२, बिहीबार

अध्यक्ष प्रचण्डद्वारा सभापति देउवालाई बधाई

मंसिर २९ २०७८, बुधबार

काठमाडौँ। नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

उनले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।