काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्नु अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले संसद् अवरुद्ध गरिरहेर एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरेको आरोप समेत लगाएका छन् । साथै उनले लोकतान्त्रिक मान्यतालाई आत्मसात् गर्दै संसद सुचारु गर्न एमालेलाई अपिल समेत गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठा हो यो । लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपील गर्दछु ।”