• बैशाख ४ २०८२, बिहीबार

शिक्षक सेवा आयोगद्धारा नयाँ पदपूर्तिका लागि विज्ञापन आह्वान (विज्ञापनसहित)

मंसिर २९ २०७८, बुधबार

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन आह्वान गरेको हो ।

पुस १ देखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले हिजो (मंगलबार) सूचना प्रकाशित गरेको छ ।

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।