• फाल्गुन २८ २०८२, बिहीबार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार : थपिए ५ मन्त्रीसहित १ राज्यमन्त्री

मंसिर २८ २०७८, मंगलवार

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार पाण्डेले नेकपा माओवादी केन्द्रका तीन र नेकपा एकीकृत समाजवादीका दुई गरि ५ मन्त्रीसहित एक राज्यमन्त्री थपेका छन् ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रका घनश्याम दाहाललाई श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् ।

नेकपा एसबाट बसन्त मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको छ भने इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ पद तथा गोपनीयताको शपथ लिनेछन् । वागमती प्रदेशमा मंगलबार मन्त्री थप गरेसँगै मन्त्रालयको संख्या १४ पुगेको छ ।