• मंसिर १२ २०८१, बुधबार

कस्तो अचम्म: एउटै बोकाको मूल्य नै २४ लाख !

मंसिर २८ २०७८, मंगलवार

काठमाडौँ । बोकालाई प्राणी जगतको अराजक बानी भएको प्राणीको रुपमा लिने गरिन्छ । कसैले केही उपद्रो गर्यो भने गाउँघरमा अहिले पनि ‘कस्तो बोका जस्तो रहेछ’ भन्ने गरेको हामी पाउछौं । बोका अर्थात् बेबकुफीको अर्को उदारहरण । बोकालाई यौनका कुरासँग जोडेर हेर्ने चलन पनि यदाकदा पाइछ । दर्जनौं बाख्राको खोरमा एउटा मात्रै बोका पस्न पाएको खण्डमा सो बोकाले ती बाख्राहरुलाई पुरै हल्ला गरेर हैरान गर्न सक्छ । बाख्राहरु जतिसुकै नै किन नहोउन एउटै बोकाले धेरैलाई डिस्टर्भ गरिदिन सक्छ भन्ने कुरा त यो पढिरहनु भएको तपाईंमध्ये कतिपयले देखि पनि सक्नु भएको होला । बाख्रा जगतको प्रजननको लागि वैज्ञानिक रुपमा पनि दुई दर्जन भन्दा बढी बाख्रीहरुको लागि एउटै बोका प्रयाप्त हुने गरेको बाख्रा विशेषज्ञहरुले बताउने गर्छन् ।

हिन्दु धर्म संस्कार अनुसार दशैं होस् या कुनै पूजाआजा नै किन नहोस बोकालाई मन्दिरमा बली दिने गरेको समेत देखिन्छ । बोकालाई किन यसरी बली दिएको भनेर सोध्दा बली दिनेहरुमध्ये कसैकसैले बोका अत्यन्त अराजक प्रवृतिको हुने भएकोले ‘दशैंमा बोकालाई बली दिएर अराजकताको अन्त्य होस्’ भन्न चाहेको सन्देश हो भनेर समेत भन्ने गर्छन् । यस रुपमा हेर्दा समाजमा बोका एक मूल्यहीन वस्तु जस्तो पनि देखिन आउँछ तर संसारमा एउटा यस्तो बोका रहेको छ, जो गाडी भन्दा पनि महँगो रहेको छ ।

संसारमा माथी बताइएका बोकाका बारेका सबै कुरालाई माथ गर्दै अष्ट्रेलिया देशमा एउटा बोका मानिसले चढने कार भन्दा पनि महँगो भएर यस दुनियाँमा बोका अब मुल्यहीन प्राणी मात्रै नरहेर बोका एक मूल्यवान प्राणी पनि हो भन्ने सावित गरेको छ । अष्ट्रेलियामा किनबेच भएको एक बोका २१ हजार अमेरिकी डलर बराबर मूल्यमा गएको खबरले यति बेला संसारलाई चकित बनाएको मात्रै छैन कयौं मानिसलाई त यो कुरामा विश्वास समेत लागेको छैन । कसैलाई विश्वास लागोस् या नलागोस तर मराकेस नाम गरेको बोका नेपाली रुपैयाँ अनुसार २४ लाख भन्दा बढी मूल्यमा बिक्री भएर बोकाहरुको संसारमा उसले छुट्टै रेकर्ड राख्न सफल भएको छ ।

अन्तरराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार अष्ट्रेलियाको क्विन्सल्याण्ड क्षेत्रको गुडुवामा पालिएको एक बोकालाई लिलामीमा सार्वजनिक गर्दा एण्ड्रयु मोस्ली नामका व्यक्तिले सो बोकालाई २१ हजार डलर दिने बोली लगाएका हुन् । सबैभन्दा ठूलो रकम दिने बोली लगाएसँगै मोस्लीले सो बोका खरिद समेत गरेका छन् । मोस्लीले बोका खरिद गरेसँगै यति महँगोमा सो बोका बिक्री भएको हो । यति मात्रै होइन सो बोका यसरी बिक्री भएसँगै सो बोकाले संसार भर मानिसहरुको ध्यान खिच्न सफल भएको छ ।

समाचारहरुमा बताइएको छ कि, सो बोकाको रेखदेख यसरी गरिएको थियो कि, उसलाई देख्ने जो कोही सो बोकासँग आकर्षित नभइरहन सक्दैन । सम्भवतः संसारकै महँगो मूल्यमा सो बोका खरिद गरेसँगै मोस्लीले आफूलाई बोका र बाख्रा पालनामा खास रुची भएको बताएका छन् । यो भन्दा पहिले पनि व्यापारी मोस्लीले ९ हजार अमेरिकी डलर अर्थात् करिब १२ हजार नेपाली रुपयाँमा एउटा बाख्रो समेत खरिद गरेका थिए । उनको भनाई अनुसार सो जातको बाख्राको संख्या संसारमा एकदमै कम रहेको छ । यस्ता जातको बाख्राको संख्या कम भएको कारण भविष्यमा यस जातको बाख्राको माग उच्च हुने विश्वासका साथ यतिधेरै महँगोमा यस्ता बाख्रा किनेर पाल्न लागेको मोस्लीको भनाई छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड र रंगल्याण्ड राज्यको सिमाना गुडुवामा आयोजित एक पशु बजारमा लिलाममा राखिएका १७ वटा बोकाहरुमध्येबाट मराकेस नाम गरेको सो बोका यसरी सो मूल्यमा किनबेच भएको हो ।

मोस्लीले सो बोका चर्को मूल्य हालेर खरिद गर्दा बजारमा रहेका केही मानिसहरुले भने मोस्लीलाई यति महँगोमा बोका किनेर दुःख गर्नु भन्दा त एउटा कार किनेर सर्ररर सडकमा गुडेको भए हुने भनेर समेत उनको आलोचना गरेका थिए । तर त्यस्तो प्रतिकृया दिनेहरुलाई मोस्लीले गाडी किनेको भोलिपल्ट उसको मोल घट्ने तर सो बोकाको मूल्य भविष्यमा बढ्ने भनेर जवाफ दिएका थिए ।