काठमाडौँ। नेपाली कांग्रेसका १४औँ महाधिवेसनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले दोश्रो चरणको निर्वाचनको मत परिणाम जस्तो आएपनि पार्टीलाई एकताबद्ध बनाउन आफूले भूमिका खेल्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्र बृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए । उनले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आह्वान पनि गरे ।
कोइरालाले जुनसुकै परिणाम आएपनि सहर्ष स्वीकार्ने धारणा राखे । कोइरालाले आफूले रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको भन्दै देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्ने उल्लेख गरे ।