• बैशाख १० २०८२, बुधबार

प्रतिपक्षीको अवरोधका बीच संसद‍मा ६ वटा अध्यादेश पेश, अर्को बैठक पुस ६ गते बस्ने

मंसिर २८ २०७८, मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दलको अवरोधका बीच संसदमा ६ वटा अध्यादेश पेश भएका छन् । मंगलबारको बैठकमा कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरे ।

यस्तै, बडुले रेल्वे अध्यादेश पेश गरे । बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि पेस गरे ।

अब अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।