• असार १६ २०८१, शनिबार

वर्ष पुरुष बने एलन मस्क

मंसिर २८ २०७८, मंगलवार

सबैले भन्छन् पनि, हुने बेलामा ‘तालुमा पनि आलु’ फल्छ । भयो पनि त्यस्तै ! एलनमस्क समकालीन विश्वका सबैभन्दा धनी र चर्चित व्यक्ति हुन् । उनी कामले धनी बनेका हुन् र धनले उक्त काम गर्न पाएका हुन् ।

कर्म जहाँ पनि पुज्य हुन्छ । एलन मस्कलाई उनको कर्मले पुज्य बनाएको छ । हरेकवर्ष जनमत लिएर एकजनालाई वर्ष पुरुष घोषणा गर्ने अमेरिकाको चर्चित म्यागजिन टाइमले एलन मस्कलाई यस वर्षको वर्ष पुरुष घोषणा गरेको हो।

एलन मस्क आफै त विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत हुन्, साथै, अन्तरीक्ष यात्राका लागि सफल कम्पनी स्पेस एक्सका पनि हर्ताकर्ता । उनी सन् २०२१ का वर्ष पुरुष बनेका छन् ।

रकेट निर्माता कम्पनी स्पेस एक्सका सिइओसमेत रहेका उनी मंगल ग्रहमा गएर मर्ने इच्छा राख्छन् । उनी र उनको कम्पनी स्पेस एक्सले मानिसलाई मंगल ग्रहमा लैजाने भएकाले उनलाई यो वर्षको वर्ष पुरुष घोषणा गरिएको टाइम म्यागेजिनको दाबी छ ।

उनले पृथ्वीभन्दा बाहिरका कुराहरुमा धेरै अध्ययन गरिरहेका र उक्त अध्ययन अनुरुप सफलता पनि प्राप्त गर्न सक्ने भएकाले उनलाई छनौट गर्न पाउनुमा टाइम म्यागेजिनले आफूलाई गर्वानुभूति भैरहेको पनि जनाएको छ ।

टाइम म्यागेजिनकै सम्पादक एडवार्डका शब्दमा एलनले संसारका धनी मात्र होइन, संसारकै परिवर्तनका लागि सोच्ने एक अब्बल पुरुषका रुपमा आफूलाई स्थापित गरिसकेका छन् । त्यसैले पनि उनी नै यो वर्षका एक मात्र वर्ष पुरुष छानिन योग्यता राख्छन् ।

 

 

सन् १०२७ देखि हरेक वर्ष वर्ष पुरुष घोषणागर्दै आएको टाइम म्यागेजिनले गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई वर्ष व्यक्ति घोषणा गरेको थियो ।