• बैशाख ९ २०८२, मंगलवार

देउवालाई विमलेन्द्र निधिको पनि समर्थन

मंसिर २८ २०७८, मंगलवार

काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । मंगलबार बिहान भएको देउवासँगको भेटपछि नेता निधिले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

यसअघि अर्का उम्मेदवार प्रकाशमान सिंहले पनि दोस्रो चरणको निर्वाचनमा देउवालाई साथ दिने बताइसकेका छन् । त्यस्तै महामन्त्रीका उम्मेदवार रहेका विश्वप्रकाश शर्माले पनि सभापतिका लागि देउवालाई समर्थन गर्ने बताएका छन् ।

पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार थिए । पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन् ।

दोस्रो धेरै मत सभापति पदका उम्मेदवार शेखर कोइरालाले ल्याएका थिए । देउवा र कोइरालाबीच आज अपरान्ह ३:३० बजे सभापति पदमा फेरि निर्वाचन हुने भएको छ ।