काठमाडौँ। नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा प्रकाशमन सिंहको प्यानलबाट महामन्त्री पदका उम्मेदवार विश्वप्रकाश शर्माले पनि सभापतिका लागि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सिंहले देउवालाई समर्थन गरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
शर्माले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सर्वसम्मति सर्वोत्तम। दोस्रो चरणमा जानै पर्दा प्रस्ट्याउँदछु, नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो, सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।