काठमाडौँ। मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी आज तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।