काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन्।
दोस्रो चरणको मतदान हुनुअघि पौडेलले मंगलबार बिहान चियापान समारोह आयोजना गरेका हुन् । पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरूका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन देउवा लैनचौरस्थित ब्यान्क्वेटमा पुगेका छन् भने अर्का नेता शेखर कोइराला भने अहिलेसम्म पुगेका छैनन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिमा प्रत्यासी पाँच नेताहरू कसैले पनि बहुमत पुर्याउन नसकेपछि मंगलबारै दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ ।