काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चुन्नका लागि भएको निर्वाचनको मत गणना झन्डै अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ४५ सय ६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र शेखर कोइरालाले १७०८ मत ल्याएका छन् ।
त्यस्तै अर्का समापतिका उम्मेदवार विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् ।
अब बाँकी १११ मत मात्रै छन् । देउवालाई विजयीका लागि १९८ मत चाहिन्छ । यसरी हेर्दा पुनः मतदान हुने पक्का भएको छ ।