• फाल्गुन २८ २०८२, बिहीबार

अपडेट : सभापतिको मतगणना-कसको मत कति ?

मंसिर २८ २०७८, मंगलवार

काठमाडौं । काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै छ । राष्ट्रिय सभागृहमा आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणनामा देउवाको अग्रता कायमै रहेको हो ।

३२८२ मत गनिसक्दा देउवाले १५५६ मत पाएका छन् भने अर्का प्रतिस्पर्धी शेखर कोइरालाले ११९७ र प्रकाशमान सिंहले २५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै विमलेन्द्र निधिले २०१ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १७ मत मात्र प्राप्त भएको छ ।