• बैशाख ९ २०८२, मंगलवार

मतदानको समय राति साढे १० बजेसम्म थपियो

मंसिर २७ २०७८, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका लागि ४३ सयभन्दा बढीले मत हालिसके ।

निर्वाचन समितिका अनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिसँग मताधिकार छ ।