काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र पठाएका छन ।
नेता थापाले महाधिवेशनमा निर्मलनिवासको हस्तक्षेपबारे छानविन हुनुपर्ने माग गरेका छन्। उनले भनेका छन,राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मलनिवासको योजनाकाबारे पार्टीभित्र बहस सुरू गर्नुहोस्।’
थापाले निर्मलनिवासको हस्तक्षेपका कारण आफू पराजित हुनुपरेको टिप्पणी समेत गर्दै आएका छन्। विगत केही समय यता तथा कथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको उनले आरोप लगाएका छन ।
हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार आफ्नो रगतमा भएको थापाले बताउदैं आएका छन ।