• बैशाख ९ २०८२, मंगलवार

भोलि बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तयार,६ वटा अध्यादेश पेश गरिने

मंसिर २७ २०७८, सोमबार

काठमाडौं । भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकका लागि कार्यसूची तयार पारिएको छ ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको दसौँ अधिवेशनअन्तर्गत भोलिको बैठकमा ६ वटा अध्यादेश पेश गरिने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले ‘पाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने छन् ।

भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकमारी यादवले रेल्वे अध्यादेश, २०७८, कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची छ ।

दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने छन् ।