काठमाडौँ। बलिउड अभिनेत्री करिना कपुरलाई कोरोना पोजेटिभ देखिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनीसँगै उनको मिल्ने साथी अमृता अरोरालाई पनि कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो रिर्पोट अनुसार उनी अहिले आइसोलेसनमा छन् ।
हालै करिना र अमृता आफ्ना साथीभाइसँग धेरै पार्टीमा उपस्थित भएको बताइएको छ।
बीएमसीले यी दुबै अभिनेत्रीहरुको साथमा आएका व्यक्तिहरुको खोजी गरिरहेको छ।