काठमाडौँ। नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सोमबार दिउँसो ३.००बजे सम्म साढे १४ सय मत खसेको छ ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि काठमाडौँको भृकुटीमण्डप र राष्ट्रिय सभागृह परिसरमा मतदान जारी छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले दिउँसाे ३.०० बजेसम्म साढे १४ सय मत खसेको जानकारी दिए ।
मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरी सुरु भएको हो । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा समय लाग्ने गरेको छ ।