काठमाडौँ। नेपाली काँग्रेसको सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा आफैँलाई मतदान गर्दा फरक अनुभूति भएको बताएका छन्।
सोमबार राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारलाई प्रतिक्रिया दिंदै उनले भने, विगतका महाधिवेशनमा अरुलाई सभापति जिताउन मतदान गरिन्थ्यो यसपटक आफैँलाई मत हाल्दा नयाँ अनुभूति भयो’ ।
मतदान गर्न ५१ मिनेट लागेको पनि उनले बताए । “म सबैलाई चिन्छु । तर पनि, यति समय लाग्यो, अरुलाई झन् बढी समय लाग्ने देखिन्छ” उनले भने । काँग्रेस महाधिवेशनको पहिलो चरणमा नै सभापति पदको परिणाम आउने सम्भावना कम रहेको उनले बताए।
कांग्रेस सभापतिमा ५ जना उम्मेदवार चुनावी मैदानमा छन्। कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो हुने उम्मेदवारबीच पुन: प्रतिष्पर्धा हुनेछ।