काठमाडौँ। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले मतदान चलिरहेको छ ।
राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदानस्थल राखिएको छ। सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन्।
सभापतिका अर्का उम्मेदवार कल्याण गुरुङले यसअघि नै मतदान गरिसकेका छन् । त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता कोइरालाले पनि मतदान गरेका छन् ।
बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मतपत्र छपाईमा भएको ढिलाइले दिउँसो १२ बजेपछि मात्र सुरु भएको थियो ।