मकवानपुर। प्रहरीले कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका-६ तल्लो पकनी बस्ने ३० वर्षीय सिताराम मोक्तान रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय भिमफेदी, ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै अन्य ३ जनालाई समेत नियन्त्रणमा लिएर घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नन्दरे र सिताराम मोक्तानबीच सामान्य विवाद भइ कुटपिट हुँदा नन्दरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।